इलामको सुकिलुम्वा विमानस्थल परिक्षण उडानको लागि तयार | ईमाउण्टेन समाचार

Our Network

फागुन १६ २०८१, शुक्रबार

इलामको सुकिलुम्वा विमानस्थल परिक्षण उडानको लागि तयार

इलाम, १५ जेठ । इलाममा निर्माणाधीन सुकिलुम्वा विमानस्थल परिक्षण उडानको लागि तयार भएको छ । निर्माण सुरु भएको ६ बर्षमा विमानस्थल परिक्षण उडानको लागि तयार भएको हो । पर्यटकीय क्षेत्र इलाममा विमान उड्ने भएपछि सथानीय हर्षित भएका छन् ।

गत जेठ ३ गते नै परिक्षण उडानका लागि मैदान तयार गरिएपनि बर्षाका कारण रद्द भएको थियो । मौसममा खराबी नआए नागरिक उड्डयन प्राधिकरणले आगामी सोमबार परिक्षण उडान गर्ने तयारी गरेको छ ।

विमानस्थलमा जहाज उडान परिक्षणका लागि प्राधिकरणले तारा एयरसँग सम्झौता गरेको छ । परिक्षणका लागि तारा एयरका पाइलटले विमानस्थलको जाँच गरेर फर्किएका छन् ।

पटक पटक परिक्षण उडानको तयारी गरेपनि निर्माण नसकिएकाले स्थगित भएको थियो । विमानस्थल भिरालो र माटोमात्र भएकाले पानीका कारण निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीको भनाइ छ ।

विमानस्थल संचालनमा आएछि इलाम सहित पाँचथर भारतको दार्जिलिङ, सिक्कमका स्थानियलाई सजह हुनुका साथै आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्ने अपेक्षा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);