लालबाबु प्रकरण : फोरमको बचाउ राजपा मौन | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

लालबाबु प्रकरण : फोरमको बचाउ राजपा मौन

lal babu rahut

काठमाडौं, १ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अभिनन्दन गर्ने कार्यक्रममा गत शुक्रबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अभिव्यक्तिको विषयमा संघीय समाजवादी फोरम नेपालले बचाउ गरेको छ ।

राजपाका अधिकांश शीर्ष नेता भने यसबारे प्रतिक्रिया दिन चाँहदैनन् । स्रोतका अनुसार, शुक्रबार लालबाबुले बोल्ने भाषणका विषयमा प्रदेश २ का राजपा नेताहरु र प्रदेश सरकारमा रहेका मन्त्रीलाई जानकारी गराईएको थिएन ।

प्रदेश २ को मन्त्रिपरिषद बैठक नियमित रुपमा हप्तामा सोमबार र विहीबार बस्ने गर्छ । तर त्यो हप्ता विहीबार बैठक बस्न सकेन । पछिल्लो बैठक सोमबार बसेको थियो ।, कार्यक्रममा मुख्यमन्त्रीले बोल्ने भाषणबारे कुनै चर्चा नभएको राजपाबाट प्रदेश २ का सरकारमा प्रतिनिधित्व गरेका एक मन्त्री बताउँछन् । आजको नागरिक दैनिकमा यो खबर छ,

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);