काठमाडौं, २० वैशाख । यातायात व्यवसायीले लामो दूरीका सार्वजनिक यातायात बन्द गरेका छन् । सिण्डिकेट तोड्ने सरकारी निर्णयविरुद्ध चरणबद्ध आन्दोलन घोषणा गरेको राष्ट्रिय यातायात व्यवासायी महासंघआबद्ध व्यवसायीहरूले लामो दूरीमा चल्ने सवारीसाधन ठप्प पारेका हुन् ।
महासंघले शुक्रबार सांकेतिक रुपमा देशभार सबै सार्वजनिक यातायात सेवा ठप्प पार्ने कार्यक्रम अन्र्तगत लामो दुरीका लागि छुट्ने बस बिहिबारबाटै बन्द गराएका हुन् ।
यातायात व्यवसायीको यो कदमले यात्रुहरु भने मारमा परेका छन् । व्यवसायीले शुक्रबार लामो दूरीमा चल्ने सबै गाडी ग्यारेजमा थन्काइने बताएका छन् ।




