काठमाडौं, २८ चैत । नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काको आज १३ औं दिनको पुण्यतिथीमा शोक सभा तथा रक्तदान कार्यक्रम गरिएको छ । स्व. खड्काको गृह निवास रहेको ललितपुरको सानेपामा ललितपुर कांग्रेसले बृहद रक्तदान कार्यक्रम गरि श्रद्धाञ्जली दिएको हो ।
यस्तै नेपाली कांग्रेसको ७७ ओटा जिल्ला कार्यसमितिले देशभर शोकसभा कार्यक्रम गरि स्व. नेता खड्कालाई श्रद्धाञ्जली दिएका छन् । स्व. नेता खड्काको गृह जिल्ला दाङमा भएको शोकसभामा पार्टी सभापति शेरबहादुर देउवा सरिक भएका थिए । गत चैत १६ गते मिर्गाैला, नशा र छातीको संक्रमणबाट पीडित खड्काको ६७ वर्षका उमेरमा निधन भएको थियो ।