आफू निकटलाई आइजीपी बनाउन प्रधानमन्त्री र गृह मन्त्रीबीच रस्साकस्सी | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

आफू निकटलाई आइजीपी बनाउन प्रधानमन्त्री र गृह मन्त्रीबीच रस्साकस्सी

Kp oli and badal

काठमाडौं, २७ चैत । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी महानिरीक्षक नियुक्तिबारे अझै निर्णय लिन सकेको छैन । मंगलवार बसेको मन्त्रिपरिषद बैठकले यस बिषयमा टुंगो लगाउने ठानिएपनि कुनै निर्णय हुन सकेन ।

नेपाल प्रहरीका वर्तमान महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरीका सिंहबहादुर श्रेष्ठको ३० बर्षे सेवा अवधि पूरा भएकाले बुधबार अवकास पाउँदै छन् । प्रहरी प्रमुखको समयाअवधि सकिनु अघि ३५ दिन घर बिदा बस्ने प्रचलन रहे पनि केही बर्ष यता राजनीतिक भागबण्डा र चलखेलका कारण प्रहरी प्रमुखहरु अन्तिम समयसम्म पनि कार्यसम्पादन गर्दै आएका छन । दुबै संगठनमा प्रहरी प्रमुख बन्नका प्रहरी अधिकारीहरुको दौडधुप जारी छ ।

नेकपा एमाले र नेकपा माओवादीको दलीय भागबण्डामा बनेको बर्तमान सरकारले प्रहरीका दुबै संगठन भित्रका आ–आफना समर्थक उच्च ओहोदामा रहेका प्रहरी अधिकारीलाई प्रहरी संगठनको प्रमुख बनाउने कसरत गरिरहेका छन ।

गृह मन्त्रालय अन्तर्गत पर्ने सुरक्षा निकाय हेर्ने गृहमन्त्री रामबहादुर थापा माओवादी केन्द्रका भएकाले उनले आफनो नजिकका प्रहरी अधिकारीलाई संगठन प्रमुख बनाउन खोजेका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओली निकट प्रहरी अधिकारीहरु आफूहरु वरियतामा पहिलो रहेको भन्दै संगठन प्रमुख बन्ने कोशिसमा रहेका छन ।

नेपाल प्रहरीमा डिआइजीहरु सर्वेन्द्र खनाल, पुष्कर कार्की र रमेश खरेल प्रहरी महानिरीक्षकका दाबेदारका रुपमा रहेका छन भने सशस्त्र प्रहरीमा शैलेन्द्र खनाल सशस्त्र प्रहरी महानिरीक्षकको दाबेदारका रुपमा रहेका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);