एउटै कक्षमा पढ्ने साथीबाट १० बर्षीया बालिका बलात्कृत | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८१, शुक्रबार

एउटै कक्षमा पढ्ने साथीबाट १० बर्षीया बालिका बलात्कृत

rape

चितवन, १५ चैत । एउटै कक्षमा पढ्ने साथीबाट पूर्वी चितवन खैरहनीका १० बर्षीया बालिका बलात्कृत भएकी छिन् । चैत ११ गते दिउँसो घरमा एक्लै सुतेको समयमा दुई साथी आएर एकले घाँटी समाएको र अर्काले जबर्जस्ती गरेको बालिकाले अभिभावकलाई बताएकी छिन् ।

छोरीलाई घरमा सुताएर अभिभावक नजिकैको खोलामा नुहाउन गएका बेला घटना भएको हो । अभिभावक नुहाएर फर्किदाँ सुतिरहेकी बालिकामा उठबस गर्न नसक्ने, ज्वरो आउने, उल्टी गर्ने, पखाला लाग्ने समस्या देखिएको थियो ।

समाचारमा लेखिएको छ, घटनाको भोलिपल्ट उनी सिकिस्त भएकी थिइन् । सुताउन लाग्दा बालिकाको योनी असामान्य देखेपछि अभिभावकले उपचारका लागि अस्पताल ल्याएका छन् । बलात्कृत भएको चार दिनमा पनि बालिका राम्ररी होसमा आउन नसकेको अभिभावकले बताए ।

घटनामा संलग्न भनिएका बालकहरु ९ बर्ष पाँच महिना र ९ बर्ष सात महिनाका रहेको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । आजको नागरिक दैनिकको पृष्ठ ५ मा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);