आगामी पाँचबर्ष असाधारण उपलब्धीको समय : प्रम ओली | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

आगामी पाँचबर्ष असाधारण उपलब्धीको समय : प्रम ओली

काठमाडौं, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आउने पाँच बर्ष नेपालको विकासका लागि असाधरण समय हुने बताएका छन् । आउने आधा दशक नेपालका लागि असाधारण हुनेछ प्रधानमन्त्री ओलीले भने यो समय सफलता, परिवर्तन र उपलब्धीको समय हुनेछ ।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ७ औं अन्तर्राष्ट्रिय व्यापार मेलाको आज राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार निजी क्षेत्रको संरक्षणमा प्रतिवद्ध भएको विश्वास दिलाए । प्रधानमन्त्री ओलीले सरकार सार्वजनिक नीजि र सहकारी मार्फत समृद्धिको यात्रामा अघि बढ्ने बताए । प्रधानमन्त्री ओलीले भने ‘सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार छ ।’

वर्तमान सरकार देश र जनताप्रति उत्तरदायी भएको बताउँदै प्रधानमन्त्री ओलीले सरकार भ्रष्टाचारका विरुद्ध र देशको दुरदृष्टिका पक्षमा रहेको बताए । प्रधानमन्त्री ओलीले भने ‘सरकारका सम्पूर्ण प्रयास उत्पादन वृद्धि, आकर्षक रोजगारी र आकर्षक अवसरका लागि केन्द्रित हुनेछन् ।’ जनताको काम छिटो छरितो ढंगले गर्नका लागि अत्याधुनिक प्रविधिको प्रयोग गरिने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले नेपालको आयात र निर्यात व्यापारको खाडल डरलाग्दो भएकोले त्यसलाई पुर्न निर्यातजन्य उत्पादन बढाउन प्रधानमन्त्री ओलीले सुझाव दिएका छन् । ‘हामी १०० रुपैंयाको सामान किन्दा ७ रुपैंयाको सामान बेच्दा रहेछौं’ प्रधानमन्त्री ओलीले भने ‘हरेक पटक हामी ९३ रुपैंयाँ घाटाको व्यापार गरिरहेका छौं । यसलाई उकास्ने एकमात्र माध्यम निर्यात व्यापार बढाउनु हो ।’

पर्यटन व्यावसाय नेपालको अर्थतन्त्र उकास्ने एउटा महत्वपूर्ण स्रोत हुन सक्ने प्रधानमन्त्री ओलीको भनाइ छ । तर यसका लागि पर्यटन मैत्री सडक र होटल हुनुपर्ने प्रधानमन्त्रीको धारणा छ । ‘एकपटक नेपाल आएको पर्यटकले फेरी फेरी पनि आउने चाहना राखोस’ प्रधानमन्त्री ओलीले भने ‘एकपटक चन्द्रागीरी डाँडाँमा पुगेको पर्यटक कलंकीको जाम सम्झेर फेरी नफर्कने स्थिती छ । यो अवस्थामा सुधार ल्याउनु आवश्यक छ ।’

संयुक्त राष्ट्र संघले सन् २०३० सम्मका लागि तयार गरेको सहश्राव्दी लक्ष्य प्राप्त गर्न नेपालले द्रुत गतिमा विकास गर्नुपर्ने, गरिबी हटाउन स्थानीय स्तरमा रोजगारीका अवसर सृजना गर्नु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘यो लक्ष्य प्राप्त गर्न नेपाल प्रतिवद्ध छ । यसमा निजी क्षेत्रको सहयोगको पनि उतिकै जरुरी छ’ प्रधानमन्त्री ओलीले भने ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);