चितवन, २७ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारले जथाभावी बैदेशिक सहयोग स्वीकार नगर्ने बताएका छन् ।
नेपाल अण्डा उत्पादक सघंको १४ औँ साधारणसभा तथा ८ औँ अधिवेश एवं भवन शिलान्यास कार्यक्रममा अाज चितवनमा बाेल्दै अध्यक्ष प्रचण्डले वैदेशिक लगानी प्राथमिकताका आधारमा मात्रै स्वीकार गनुपर्नेमा जोड दिएका छन् ।
कम्युनिष्ट नेतृत्वमा गठन हुने सरकारले कुन क्षेत्रमा बैदेशिक सहयोग लिने र कुन क्षेत्रमा रोक लागाउने भन्नेबारे आवश्यक निर्णय लिने उनले बताए। अन्यथा आम उद्यमी विस्थापित हुन सक्ने खतरा रहेकाे उनले औँल्याए ।
दाहालले किसानको हक हितलाई संरक्षण गर्ने नीति निर्माण गर्न पहल गर्ने प्रतिबद्धता पनि जनाए । कार्यक्रममा अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले नेपाल कुखरा र अण्डा उत्पादनमा आत्मनिर्भर भए पनि राज्यका तर्फबाट आवश्यक नीति तथा सहयोग प्राप्त नभएको गुनासो गरे ।