मुगुमा यार्सागुम्बा संकलन गर्न गएका चार जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

मुगुमा यार्सागुम्बा संकलन गर्न गएका चार जनाको मृत्यु

मुगुमा यार्सागुम्बा संकलन गर्न गएका चार जनाको मृत्यु भएको छ ।

जिल्ला प्रशासन कार्यालय मुगुका अनुसार लेक लागेर बिरामी परेकाहरुमध्ये छायानाथ रारा नगरपालिकाका २० वर्षीय देवराज बुढाको मृत्यु भएपछि मृतकको संख्या चार पुगेको हो ।

शनिबार पाटन ठूलो कोइकीमा लेक लागेर बिरामी परेका छायानाथ रारा नगरपालिकाका २९ वर्षीय मानबहादुर बुढा, शोभान बुढा र राजबहादुर रावतको मृत्यु भएको थियो ।

मानबहादुर, शोभान र राजबहादुरको उपचारको क्रममा मृत्यु भएको थियो भने अर्का बिरामी देवराज बुढालाई स्वास्थ्य चौकीबाट गमगढी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

अब गम्भीर बिरामी रहेका जीवन बुढाको उपचार जारी छ । गत वर्ष पनि यार्सागुम्बा टिप्न गएका चार जनाको मृत्यु भएको थियो ।

गत वर्ष तीन जनाको हिउँ पहिरोमा परेर र एक जनाको लडेर मृत्यु भएको थियो । मुगुमा गत वैशाख २५ गतेदेखि यार्सागुम्बा संकलन खुला गरिएको छ ।

मुगुका २४ भन्दा बढी क्षेत्रमा यार्सागुम्बा संकलन हुने गरेको छ । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);