आगामी जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने आईसीसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा भएको छ ।
भारतीय क्रिकेट टोलीले मगलबार रोहित शर्माको कप्तानीमा आईसीसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा गरेको हो ।
योसँगै टोली चयनको विभिन्न बहस तथा शंका उपशंकाको टुंगो लागेको छ । १७ वर्षदेखिको उपाधि खडेरी अन्त्य गर्ने प्रयासमा रहेको भारतले विराट कोहलीलाई टोलीमा समावेश गरेको छ ।
भारतीय टोलीमा कप्तान रोहित शर्मा र उपप्तान हार्दिक पाण्ड्यासँगै , यशस्वी जयसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त , सञ्जु सामसन, शिवम दुबे, रवीन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, जसप्रीत बुमराह, अर्शदीप सिंह, मोहम्मद सिराज रहेका छन् ।
के एल राहुल र इशान्त किशन भने टोलीमा पर्न सकेनन् । शुभमन गिल, रिंकु सिंह, खलील अहमद र आवेश खान रिजर्वमा रहेका छन् । टी–२० विश्वकपमा भारतले पहिलो खेल जुन ५ मा आयरल्यान्डसँग खेल्नेछ । भारतले जुन ९ मा पाकिस्तानको सामना गर्नेछ । ००