शिर्ष नेताहरुलाई काँग्रेस सांसद जितेन्द्रनारायणले गरे सकारात्मक हुन आग्रह | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

शिर्ष नेताहरुलाई काँग्रेस सांसद जितेन्द्रनारायणले गरे सकारात्मक हुन आग्रह

काठमाडौं,१८ फागुन । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले राष्ट्रिय सभाप्रति सकारात्मक हुन प्रमुख दलका शिर्ष नेताहरुलाई आग्रह गर्नुभएको छ । यही फागुन २० गतेबाट आफनो कार्यकाल पूरा गरी बिदाई हुन लाग्नुभएका सांसद देवले शुक्रवार राष्ट्रिय सभा बैठकमा आफ्ना अनुभव र अनुभुति प्रश्तुत गर्दै प्रतिनिधि सभाका केही सांसदहरुले पार्टी नेतृत्वलाई कब्जामा लिएर राष्ट्रिय सभालाई कमजोर बनाउने काम गरेको जिकिर समेत गर्नुभयो ।

सांसद देवले काँग्रेस भित्र दलको नेता छान्ने अधिकार समेत राष्ट्रिय सभा सदस्यहरुलाई नरहेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । दलको सदस्य हुने, दलको नेता छान्न नपाउने ? कहीँ पनि नहुने उहाँको भनाई थियो ।

सांसद देवले भन्नुभयो, ‘मेरो यो ६ वर्षको निचोड के हो भने राजनीतिक र व्यवहारिक दुवै रुपमा मेरो निचोड के हो भने सबभन्दा पहिला यो देशका म आदरणीय केन्द्रिय नेताहरुलाई र ठूला दलको सम्मानित नेताहरुलाई म आग्रह गर्न चाहन्छु–राष्ट्रिय सभालाई बलियो बनाउने काम गरांैं । पहिलो कुरा मेरो यो हो । संविधान बनाउने बेला सभासदहरुले राष्ट्रिय सभालाई अधिकार सम्पन्न बनाउनु हुँदैन भन्नुभएको थियो । उनीहरुले नै प्रतिनिधि सभामा रजगज बनाएर बसे । राष्ट्रिय सभाले एकमतले पठाएको विधेयक पनि प्रतिनिधिमा नेतृत्वलाई कब्जामा लिएका मठाधिश भन्न रुचाउँछु म ती सांसदहरुले मनाएका छन् । र, नेतृत्वले पनि ती सांसदहरुलाई सबैभन्दा सशक्त सांसदका रुपमा लिएका छन् । राष्ट्रिय सभाले सर्वसम्मत रुपमा पठाएको एउटा पनि संशोधन प्रश्ताव स्वीकार गरेन प्रतिनिधि सभाले । त्यसले गर्दा यो राष्ट्रिय सभा कमजोर हुन पुग्यो । अहिले पनि म ओपन गर्न चाहन्छु, म आफ्नै पार्टीलाई पनि भन्न चाहन्छु–नेपाली काँग्रेसका राष्ट्रिय सभाका सांसदहरुले आफ्नो दलमा पार्टी संसदीय दलको नेता समेत छान्न पाएको छैन । त्यस्तो पनि कहीँ हुन्छ ?दलको सदस्य हुने, दलको नेता छान्न नपाउने ? त्यसकारण पार्टीका शिर्ष नेताहरुको दृष्टिकोण पनि राष्ट्रियसभाप्रति पोजेटिभ हुनुप¥यो । ’

सांसद देवले राष्ट्रिय सभाले एकमतले संशोधनका लागि पठाएका प्रश्ताव प्रतिनिधि सभाले अस्विकार गरिदिएकोमा पनि आपत्ति जनाउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);