बीपी कोइराला प्रतिष्ठानका चिकित्सकसहित फेरि आन्दोलित हुँदा हजारौ बिरामी मर्कामा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

बीपी कोइराला प्रतिष्ठानका चिकित्सकसहित फेरि आन्दोलित हुँदा हजारौ बिरामी मर्कामा

bp koirala pratisthan dharan

काठमाडौं,५ माघ । वृत्ति विकासको माग गर्दै आएका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा कर्मचारी फेरि आन्दोलित भएपछि प्रतिष्ठानको सेवा प्रभावित भएको छ । चार दिनयता उपकुलपतिको कार्यकक्षअगाडि धर्ना र सभा गर्दै आएका चिकित्सक तथा कर्मचारीको आन्दोलन थप पेचिलो हुँदै जाँदा दैनिक हजारौं बिरामी सेवाबाट वञ्चित भइरहेका छन ।

चिकित्सकहरूको साढे ६ वर्षदेखि र कर्मचारीको १६ वर्षदेखि बढुवा (वृत्ति विकास) नभएको विषयमा प्रतिष्ठानका अघिल्ला कायममुकायम उपकुलपति प्राध्यापक डाक्टर सञ्जीवकुमार शर्माले २०७९ पुसदेखि बढुवा प्रक्रिया सुरु गर्नुभएको थियो । वृत्ति विकासको प्रक्रिया जारी रहेकै बेला गत असारमा कामु उपकुलपति शर्माको ठाउँमा डा. प्रल्हाद कार्की नियुक्त हुनुभयो ।

उहाँ आएलगत्तै अघिल्लो कामुले गरेका बढुवा प्रक्रिया रोकियो । कामुको निर्णयविरुद्ध त्यसयता प्रतिष्ठानका चिकित्सक तथा कर्मचारी निरन्तर आन्दोलित छन । पूर्वकै ठूलो यो अस्पतालमा अहिले आकस्मिकबाहेकका सबै सेवा ठप्प छन । ओपीडी ठप्प हुँदा करिब ६० हजार बिरामी उपचारबाट वञ्चित भएका छन ।

दैनिक ८० जनाभन्दा बढीको शल्यक्रिया हुने प्रतिष्ठानमा करिब एक हजार जनाको रुटिन अप्रेसन अनिश्चितकालका लागि स्थगन गरिएको अस्पताल स्रोतले जनाएको छ । यसैबीच प्रतिष्ठानमा देखिएको विवादका विषयमा स्वास्थ्य मन्त्रालयमा बुधबार दिउँसो भएको छलफल पनि निष्कर्षविहीन भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);