प्रधानमन्त्री कप महिला क्रिकेटमा गण्डकी चार विकेटले पराजित, कोशी र एपिएफको रबाफिलो जित | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

प्रधानमन्त्री कप महिला क्रिकेटमा गण्डकी चार विकेटले पराजित, कोशी र एपिएफको रबाफिलो जित

काठमाडौं, ५ पुस ||
गण्डकीले लुम्बिनी प्रदेशसँग चार विकेटको हारसँगै प्रधानमन्त्री कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको यात्रा शुरु गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा बिहीवार गण्डकीले लुम्बनीसँग हार व्यहोर्दा कोशी प्रदेशले पनि कर्णालीमाथि १० विकेटको रबाफिलो जित निकाल्यो । एक विभाग एपिएफसहित सात प्रदेशले प्रतिष्पर्धा गरेको प्रधानमन्त्री कप महिला क्रिकेट पहिलोपटक राउण्ड रोविनको आधारमा भएको हो । जहाँ गण्डकीले दिएको एक सय १०३ रनको लक्ष्य लुम्बिनीले १७ औं ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । ओपनर लक्ष्मी चौधरीले सर्वाधिक ४२ रन जोड्दै लुम्बिनीको जितको आधार तय गरिन् । ४४ बल खेलेकी उनले चार चौका र एक छक्का प्रहार गरिन् ।
कप्तान सरस्वती जिएमले १२ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न असफल भए पनि लुम्बिनीले सामान्य लक्ष्य २१ बल अगावै पूरा ग¥यो । गण्डकीकी श्रृष्टि जैशीले दुई विकेट लिँदा कुसुम गोदार र सुमन खतिवडाका नाममा एक विकेट रह्यो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले २० ओभरमा मात्र चार विकेट गुमाए पनि एक सय २ रनको सामान्य योगफल खडा गरेको थियो । सुमन ३३ रनमा नटआउट रहँदा अञ्जली विश्वकर्मा ३० रन र सृजना पौडेलले १९ रन जोडे । लुम्बिनीका मधु डिसी, सरस्वती पुन र कमला जिएमले समान एक विकेट लिए ।
१६ ओभरमा छोट्याइएको अर्को खेलमा कोशीले उत्कृष्ट बलिङ गर्दै कर्णालीलाई ३३ रनको झिनो लक्ष्यमा रोक्यो । कर्णालीका कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । कोशीका अप्सरी बेगमले तीन विकेट तथा अलिशा खडियाले दुई विकेट, रुविना क्षेत्री र निशा साहले समान एक विकेटसँगै किफायती बलिङ गर्दै कर्णालीको इनिङ धरासयी बनाए । तीन ओभर बलिङ गरेकी सबनम राईले दुई मेडन राख्दै एक विकेट लिँदै एक रन मात्र दिइन् । उत्कृष्ट बलिङको साथ पाएको कोशीले ३.१ ओभरमा नै लक्ष्य भेट्टायो ।
कप्तान रुविना क्षेत्री २५ रन र काजल श्रेष्ठले ५ रनमा अविजित रहँदै कोशी सहज जित दिलाए । पुस १७ गतेसम्म मुलपानी र टियु चल्ने प्रतियोगितामा सबै टोलीले एक अर्कासँग खेल्नेछ । लिग सकिँदा शीर्ष चार टोली प्लेअफ यात्रा तय गर्नेछन् । शिर्ष दुई टोलीले पहिलो क्वालिफायर खेल्ने र त्यसको विजेता फाइनलमा पुग्नेछ । सो क्वालिफायर पराजित टोलीले दोस्रो क्वालिफायर खेल्न पाउनेछ । एलिमिनेटरमा तेस्रो र चौथो स्थानका विजेताले पहिलो पहिलो क्वालिफायरमा पराजित टोलीसँग फाइनल यात्राका लागि प्रतिष्पर्धा गर्नेछ ।
बिहीवार नै भएका खेलमा बागमति प्रदेश र सशस्त्र प्रहरी बलको एपिएफ क्लवले विजयी शुरुवात गरेका छन् । वागमतीले मधेस प्रदेशमाथि २८ रनको जित निकाल्दा एपिएफले सुदूरपश्चिमलाई ९ विकेटले हरायो । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बागमतिले दिएको एक सय १८ रनको लक्ष्य पछ्याएको मधेसले निर्धारित २० ओभर नै खेल्दा पाँच विकेटको क्षतिमा ८९ रन मात्र बनाउन सक्यो । सुस्त ब्याटिङ गरेको मधेशका लागि पूजा महतोले सर्वाधिक ३५ रन जोड्दा अनुराधा चौधरीले २१ रन र प्रतिमा साहले अविजित १५ रन जोडे पनि जितका लागि पर्याप्त भएन ।
वागमतीकी कप्तान अस्मिना कर्माचार्यले दुई विकेट लिँदै अलराउण्ड प्रदर्शन गरिन् । मनिषा उपाध्यायको नाममा एक विकेट रह्यो । त्यसअघि कप्तान अस्मिता र यशोदा विष्टको ७२ रनको साझेदारीमा वागमतीले २० ओभरमा तीन विकेट गुमाउँदै मध्यम लक्ष्य प्रश्तुत गरेको थियो । यशोदा ४७ रन र अस्मिना ३० रनमा नटआउट रहँदै वागमतीलाई मध्यम योगफलतर्पm डो¥याए । तर, कसिलो बलिङ गरेपछि बागमति त्यो लक्ष्य जोगाउन सफल भयो ।
मुलपानीमा नै भएको दोस्रो खेलमा राष्ट्रिय टोलीका अनुभवी खेलाडीले भरिएको एपिएफले सुदूरपश्चिमविरुद्ध बलिङ र ब्याटिङमा राम्रो प्रदर्शन गरेपछि सहज जित निकाल्यो । टस जितेर पहिले ब्याटिङ गर्ने सुदूरपश्चिमको निर्णय सही सावित भएन । सदूरपश्चिमले २० ओभर नै ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा ८७ रन मात्र जोड्यो । कविता जोशीले २२ रन र सम्झना खड्काले १२ रनबाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
सुदूरपश्चिमले चार विकेट रनआउटका रूपमा गुमाउन पुग्यो । एपिएफकी सोनु खड्काले दुई विकेट तथा सुमन विष्ट, करुणा भण्डारी र इन्दुले वर्माले समान एक विकेट निकाले । जबाफ एपिएफले १८.१ ओभरमा मात्र विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । ज्योति पाण्डेले ४९ रन र इन्दु बर्माले ३१ रनको अविजित इनिङ खेल्दै एपिएफलाई सहज जित दिलाए । तेस्रो ओभरमै कप्तान सीता रानामगर ४ रनमै आउट भएकी थिइन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);