चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सेक्रेटरी आज नेपाल आउँदै | ईमाउण्टेन समाचार

Our Network

असोज ९ २०८१, बुधवार

चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सेक्रेटरी आज नेपाल आउँदै

काठमाडौं, २२ कात्तिक । आज चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ पाँचदिने भ्रमणका लागि नेपाल आउने भएका छन् । उनको भ्रमणलाई नेपाल सरकारले प्राथमिकता राखेको छ ।

नेपाल बसाइको क्रममा उनले बुधबारदेखि नै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । उनले आज (बुधबार) उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई भेट्ने कार्यक्रम छ ।

भोलि (बिहीबार) बिहान ८ बजे उनको प्रधानमन्त्री प्रचण्डसँग भेट गर्ने कार्यतालिका छ । सोही दिन बिहान ११ बजे उनले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीसँग पनि भेटवार्ता गर्ने र तिब्बतको कार्यकारी प्रमुख रहेका वाङले पोखरा भ्रमण पनि गर्नेछन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);