अनुमा श्रेष्ठ आत्महत्या प्रकरण : प्रेमी र उनका बुवा प्रहरी नियन्त्रण | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८१, शनिबार

अनुमा श्रेष्ठ आत्महत्या प्रकरण : प्रेमी र उनका बुवा प्रहरी नियन्त्रण

काठमाडौं, २० वैशाख । प्रेमीको घरमा शनिबार मृत अवस्थामा भेटिएकी वीर अस्पतालकी नर्स अनुमा श्रेष्ठ आत्महत्या प्रकरणमा प्रेमी भनिएका सुजन ढकाल र उनका बुवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा ढकाल बावुछोरालाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो । जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएपछि तुरुन्तै उनीहरु पक्राउ परेका हुन् ।

अनुमाका परिवारले प्रेमी भनिएका सुजन ढकाल र उनका बुवाविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिएका हुन् । पटकपटक शारिरीक सम्बन्ध भई २ पटकसम्म गर्भपतन गरिएको र विवाह गर्न अस्वीकार गरी आत्महत्या गर्न बाध्य बनाएको भन्दै ढकालको बावुछोराविरुद्ध प्रहरी वृत्त बालाजुमा जाहेरी दर्ता गरेका थिए ।

केटापक्षले विवाह गर्न अस्वीकार गरेको युवती पक्षको आरोप छ । ३४ वर्षीय नर्स श्रेष्ठ ढकालको घरमा आत्महत्या गरेको अवस्थामा शनिबार भेटिएकी थिइन । शनिबार अपरान्ह ४ बजे चितवनकी अनुमाले आत्महत्या गरिसकेको अवस्थामा ढकाल परिवारले प्रहरीलाई खबर गरेको थियो । अनुमाका परिवार शनिबार राति नै काठमाडौं आइपुगेपछि मुचुल्का तयार पारी शव उठाइएको छ ।

प्रेमी सुजनका बुवाले छोराको विहे अनुमासँग गर्न अस्वीकार गरेपछि उनकै घरमा पुगेर आत्महत्या गरेको हुन सक्ने युवती पक्षको दाबी छ । अनुमा वीर अस्पतालमा काम गर्थिन् भने ढकाल कान्ति बाल अस्पतालमा कार्यरत थिए । अनुमा सोह्खट्टुेमा डेरा लिएर बस्दै आएकी थिइन् ।

उनले आत्महत्या गरेको स्थानमा ‘सुसाइड डायरी’ पनि भेटिएको थियो । डायरीमा आफ्नो जीवनको भोगाई,प्रेमसम्बन्ध, विवाहको लागि गरेको प्रयास र केटा पक्षले गरेको अस्वीकारबारे उल्लेख भएको परिवारिक स्रोतले जनाएको छ । यस अघि पनि अनुमाले आत्महत्याको प्रयास गरेकी थिइन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);