स्वदेश फर्किए राष्ट्रपति पौडेल | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८१, सोमबार

स्वदेश फर्किए राष्ट्रपति पौडेल

काठमाडौं, १८ वैशाख। राष्ट्रपति रामचन्द्र पौडेल भारतबाट उपचार गराएर आइतबार राति स्वदेश फर्किएका छन् । छातीमा संक्रमण भएपछि पौडेललाई नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचारका लगिएको थियो ।

राष्ट्रपति पौडेलको विभिन्‍न परीक्षण र उपचारपश्‍चात हाल स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि अस्पतालबाट डिस्चार्ज भई आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

वैशाख ६ गते नयाँ दिल्लीस्थित उक्त अस्पतालमा राष्ट्रपति पौडेललाई उपचारको लागि श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);