बिहे गर्न अस्वीकार गरेपछि प्रेमीको घर बोहोराटारमै गरिन् नर्सले आत्महत्या | ईमाउण्टेन समाचार

Our Network

असोज ९ २०८१, बुधवार

बिहे गर्न अस्वीकार गरेपछि प्रेमीको घर बोहोराटारमै गरिन् नर्सले आत्महत्या

काठमाडौं, १७ वैशाख । भनिन्छ, माया अन्धो हुन्छ । मायामा न त जात हेरिन्छ न त उमेर । माया त स्वार्थी हुन्छ भनिएपनि प्रेमीले विवाह गर्न नमानेपछि एक युवतीले युवकै घरमा आत्महत्या गरेकी छिन् ।

केटापक्षले विवाह गर्न अस्वीकार गरेको युवती पक्षको भनाइ छ । ३४ वर्षीय नर्स अनुमा श्रेष्ठ आफ्नो प्रेमी डा.सुजन ढकालको घरमा आत्महत्या गरेको अवस्थामा भेटिएकी छिन् । शनिबार अपरान्ह ४ बजे चितवनकी अनुमाले आत्महत्या गरिसकेको अवस्थामा ढकाल परिवारले प्रहरीलाई खबर गरेको थियो । अनुमाका परिवार शनिबार राति नै काठमाडौं आइपुगेपछि मुचुल्का तयार पारी शव उठाइएको छ ।

प्रेमी सुजनका बुवाले छोराको विहे अनुमासँग गर्न अस्वीकार गरेपछि उनकै घरमा पुगेर आत्महत्या गरेको हुन सक्ने युवती पक्षको दाबी छ । अनुमा वीर अस्पतालमा काम गर्थिन् भने ढकाल कान्ति बाल अस्पतालमा कार्यरत थिए । अनुमा सोह्खट्टुेमा डेरा लिएर बस्दै आएकी थिइन् ।

उनले आत्महत्या गरेको स्थानमा ‘सुसाइड डायरी’ पनि भेटिएको छ । डायरीमा आफ्नो जीवनको भोगाई,प्रेमसम्बन्ध, विवाहको लागि गरेको प्रयास र केटा पक्षले गरेको अस्वीकारबारे उल्लेख भएको परिवारिक स्रोतले जनाएको छ ।

युवतीको परिवारले आत्महत्या दुरुत्साहनमा प्रेमी ढकाल र उनका बुवाविरुद्ध जाहेरी दिने तयारी गरेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);