काठमाडौं, १८ पुस।नेकमा एमाले र माओवादी केन्द्रवीचन एकीकरण प्रक्रिया चलिरहँदा नाम, नेतृत्व सिद्धान्त र सांगठानिक संरचना परिवर्तन हुने संकेत देखिएको छ ।
पार्टी एकीकरणपछि पुराना दुवै नाम परिवर्तन गरी नेपाल कम्युनिष्ट पार्टीु राख्नेदेखि एमालेको सिद्धान्त जनताको बहुदलीय जनवाद र माओवादीले अपनाउँदै आएको माओवादी दुवै परिवर्तन गरी नयाँ सिद्धान्त बनाउने विषयसम्ममा छलफल सुरु भएको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।




