काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपालले युएई पराजित गरेको छ ।
नेपालले यूएईलाई ९ रनले पराजित गरेको हो । डिएल मेथिडका आधारमा नेपालले यूएईलाई पराजित गरेको हो ।
३११ रनको लक्ष्य पछ्याएको नेपालले ६ विकेटको क्षतिमा ४४ ओभरमा २६९ रन बनाउँदा मौसमका कारण अध्यारो हुँदा खेल रोकिएपछि नेपाल डीएल नियमअनुसार विजयी भएको हो ।