राष्ट्रपतिद्वारा राष्ट्रिय सभा अध्यादेश प्रमाणीकरण | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३० २०८१, आइतबार

राष्ट्रपतिद्वारा राष्ट्रिय सभा अध्यादेश प्रमाणीकरण

काठमाडौं, १४ पुष । राष्ट्रियसभा निर्वाचन सम्बन्धि अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेकी छन् । लामो समयको विवादपछि राजनीतिक परामर्शका आधारमा राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणीकरण गरेकी हुन्

कांग्रेस र वाम गठबन्धनबीचको विवादका कारण अड्किएर रहेको अध्यादेश राष्ट्रपतिले शुक्रबार बिहान जारी गरेकी हुन् । अध्यादेश जारी गर्नुअघि राष्ट्रपति भण्डारीले शुक्रबार बिहानै प्रधानमन्त्री शेरबहादुर देउवा र पू्र्व सभामुख सुवास नेम्वाङसँग छलफल गरेकी थिइन्

बिहीबार साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा उन्ले अध्यादेश जारी गर्ने संकेत गरेकी थिइन् । सरकारले कात्तिक १ गते पठाएको अध्यादेश राष्ट्रपतिले परामर्शका लागि भन्दै अहिलेसम्म रोकेर राखेकाले निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गर्न सकेको थिएन ।

अब आयोगलाई बाटो खुलेको छ । एमालेले राष्ट्रियसभाको निर्वाचन एकल संक्रमणीय प्रणालीमार्फत गर्ने प्रस्तावप्रति गम्भीर आपत्ति जनाउँदै विधेयक जारी नगर्न दबाब बढाएको थियो ।

यस्तै, सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेस, मधेसकेन्द्रित दलहरुले तत्काल अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष माग गर्दै आएका थिए । माओवादी केन्द्रले भने मध्यमार्गी धारणा राख्दै आएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);