काठमाडौं । नेपाल टी–२० क्रिकेट लिगको उपाधि लुम्बिनी अल स्टार्सले उचालेको छ ।
क्रितिपुर स्थित टीयू क्रिकेट मैदानमा बुधवार भएको फाइनल खेलमा विराटनगर सुपर किङ्ग्सलाई २४ रनले हराउँदै लुम्बिनीले उपाधि उचालेको हो ।
लुम्बिनीले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९ रन मात्र बनाउन सक्यो ।
उपाधिसँगै लुम्बिनीले ५५ लाख नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता विराटनगरले ३० लाख नगद पाएको छ ।