काठमाण्डौ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्नेहरुको नाम टुङ्गो लगाउन एमालेले छलफल सुरु गरको छ ।
अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा नेताहरुबीच छलफल चलिरहेको हो ।
एमालेले विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने तयारी गरे पनि निर्णय हुन बाँकी छ । भने माओवादीले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको छ तर मन्त्रालयको टुङ्गो भने लागेको छैन् ।
मन्त्रालयको भागबण्डा टुङ्गो लगाउने गठबन्धनको बैठक पनि आज सोमबार बस्दैछ । आइतबार प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रचण्डले आजै बेलुकी ४ बजे शपथ लिने कार्यक्रम छ ।