नेप्सेमा नौ लाख कित्ता बोनस सूचीकृत  | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

नेप्सेमा नौ लाख कित्ता बोनस सूचीकृत 

stock_exchange_nepse-e1528283604277

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कालिका पावर कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । स्टकका अनुसार कम्पनीको १५ प्रतिशत बोनसबापतको नौ लाख कित्ता सेयर सूचीकृत भएको हो ।

कम्पनीको गत ३० पुसमा सम्पन्न भएको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९ प्रतिशत नगद गरी कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);