‘ई–सेवाको कर्मचारी हुँ’ भन्दै सात लाखभन्दा बढी ठगी   | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

‘ई–सेवाको कर्मचारी हुँ’ भन्दै सात लाखभन्दा बढी ठगी  

काठमाडौं । ‘ई–सेवाको कर्मचारी हुँ’ भन्दै सात लाखभन्दा बढी ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ठगी गरेको आरोपमा रौतहट माधबनारायण नगरपालिका–२ का सुभम साह र बारा महागढिमाई नगरपालिका–१० का सर्फराज आलमलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । दवै जना पर्साको वीरगञ्ज बस्दै आएका थिए ।

उनीहरुले ९८२९४०२०४९ नम्बरबाट ई–सेवाको कर्मचारी बोलेको लगायतका विभिन्न कुराहरू गरी सर्वसाधरणलाई बिश्वासमा पारी ई–सेवा आईडीको ओटीपी प्राप्त गरेको प्रहरीले जनाएको छ ।

ओटीपी पाएपछि बैंक खातामा समेत पहुँच बनाई ७ लाख २७ हजार ३ सय ४८ रुपैयाँ ठगी गरेको भन्ने सूचानाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्सासँगको समन्वयमा उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरुले आईफोन १३ प्रो म्याक्स १ लाख ९० हजारमा किन्ने सहमती गरी पीडितको खाताबाट सिधै मोबाईल बिक्रेताको खातामा रकम रकमान्तर गरेको प्रहरुलिे जनाएको छ । यसैगरी उनीहरूले ठगीको रकम विभिन्न सामान किन्न अन्य व्यक्तिहरुका खातामा समेत पठाएको पाइएको छ । उनीहरूलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);