एजेन्सी, १५ कार्तिक । पाकिस्तानमा एक महिलाले श्रीमानसहित परिवारका १५ जनालाई विषादी युक्त लस्सी खान दिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
पाकिस्तानको मुजफ्फरगढ जिल्लाबाट पक्राउ परेकी ती महिलाको नाम आसिया बिबी रहेको बताइएको छ। श्रीमान् लगाएतका २७ जनालाई उनले सो विष हालेको लस्सी खान दिएकी थिइन्। उनीसँग एक पुरुषलाई समेत पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका व्यक्ति आसियाका प्रेमी रहेको गाउँलेले बताएका छन् । आसियाकी काकीलाई समेत हत्याको योजनामा संलग्न रहेको आरोपमा पक्राउ गरिएको छ।
सो लस्सी खाएका २७ जनामध्य १५ जनाको ज्यान गएको छ भने अरु १२ जना बिरामी भएका छन् । उनीहरुको मुल्तानमा रहेको अस्पतालमा उपचार भइरहेको छ ।
२१ वर्षकी आसियाको गएको सेप्टेम्बरमा २५ वर्षका अम्जद अक्रामसँग परिवारले विवाह गराएका थिए । आसिया झण्डै दुई महिना माइतीमा नै बसेकी थिइन् । तर परिवारको करमा उनी घर आएकी थिइन् ।
आसियाले पहिले दुधमा माउसुली खसेको बताएकी थिइन् भने पछि उनले आफूले नै दूधमा विष मिसाएको स्वीकार गरेको प्रहरीले बताएको छ ।