तालिबानद्वारा सरकार गठन प्रक्रिया सुरु | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

तालिबानद्वारा सरकार गठन प्रक्रिया सुरु

एजेन्सी । तालिबानले अफगानस्तिानमा सरकार गठन प्रक्रिया सुरु गरेको छ । अगष्ट १५ मा अफगानिस्तान कब्जा गरेको तालिबानले अर्थमन्त्री, कार्यबाहक गृह मन्त्रीसंगै विभिन्न निकायहरुमा नियुक्ती गरेर सरकार गठन प्रक्रिया सुरु गरेको हो ।

तालिबानले गुल अगाहलाई अर्थ मन्त्री, सदर इब्राहिमलाई कार्यबाहक गृह मन्त्री र नजिबुल्लाहलाई गुप्तचर प्रमुखको पदमा नियुक्त गरेका अन्तराष्ट्रिय सञ्चार माध्ययमहरुले जनाएका छन् । साथै काबुलको गर्भनर र शिक्षा विभाग प्रमुखको पनि नियुक्ती गरिएको छ ।

मुल्लाह सिरिनलाई काबुलको गभर्नर, हमदुल्लाह नोमानीलाई काबुलको मेयर, सखउल्लाहलाई कार्यबाहक शिक्षा प्रमुख र अबदुल बाकीलाई उच्च शिक्षाको कार्यबाहक प्रमुख बनाइएको छ ।

यसअघि तालीवानी प्रवक्ता रहेका जबिहुल्लाह मुजाहिदलाई संस्कृति तथा सूचना मन्त्रीमा नियुक्त गरिएको छ । अहिले अफगानिस्तानमा बित्तिय गिरावटको संकेत देखा परेको बेला तालिबानले केन्द्रिय बैंकका गभर्नरलाई कार्यकारी अधिकारीको रुपमा नियुक्त गरेको छ ।

यस अघि तालिबानले अमेरिकि सैनिक अफगानिस्तानबाट फिर्ता नभएसम्म सरकार गठनको प्रक्रिया अगाडि नबढाउने बताएको थियो ।, २० वर्ष पछि पुनः अफगानिस्तानको सत्तामा आएको तालिबानले शक्तिको प्रदर्शन गर्दै सरकार गठनको प्रक्रिया थालेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);