ओझेलमा परेको काठमाडौंको बागवानी | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

ओझेलमा परेको काठमाडौंको बागवानी

काठमाडौं । धेरैलाई थाहा छैन होला काठमाडौं उपत्यका भित्र फलफुलको ठूलो बागवानी छ भनेर । काठमाडौंको दक्षिण पश्चिममा कीर्तीपुर नगरपालिकामा रहेको समशीतोष्ण बागवानी केन्द्र नजिकै भएर पनि ओझेलमा छ ।

२०१९ सालमा जापान सरकारको सहयोगमा स्थापना भएको समशीतोष्ण बागवानी केन्द्र धेरै सम्भावना भएर पनि खुम्चेर बसेको छ । नेपालको मध्यपहाडमा हुने सबै प्रकारका फलफुलको प्रसारको लागि बिउ, बेर्ना, विरुवा, उत्पादन गर्ने भएपनि सरकारको प्राथमिकतामा क्रमसः खुम्चँदो छ । अंगुर, नासपाती, आरु, किवी, एभाकाडो, हलुवावेद, अम्बा, बयर तथा सुन्तला जातका फलफुलको ५० भन्दा बढी जातका फलफुलको विरुवा यस केन्द्रले उत्पादन गर्दै आएको छ ।

यस केन्द्रमा उत्पादन हुने जापनिज नासपाती र वाइनको लागि राम्रो मानिएको स्टुवेन अंगुर विशेष रहेका छन् । यस्तै यो केन्द्रले मुख्यगरी विरुवा उत्पादन गरेर कृषक तथा व्यवसायीहरुलाई विक्री वितरण गर्दै आएको केन्द्रकी सूचना अधिकारी सरिता गौतमले बताए ।

यति धेरै सम्भावना र महत्व भएको बागवानी केन्द्र अहिले अतिक्रमणमा परेको छ । स्थापना कालमा करिब चार सय रोपनीमा फैलिएको यो केन्द्र सरकारी निकायको कार्यालय, सडक लगायतले क्रमशः अतिक्रमण गर्दै गएका छन् । काठमाडौं उपत्यका नजिक रहेको ठूलो क्षेत्रफलमा सबैको आँखा जानु स्वभाविक हो । चार सय रोपनीमा फैलिएको यो बागवानी केन्द्र अहिले दुई सय ७५ रोपनीमा खुम्चन पुगेको छ । सरकारले यसको महत्वलाई नबुझ्ने र प्राथमिकतामा नराख्ने हो भने खुम्चिएर सकिन बेर नलाग्ने बताउँछन् वरिष्ठ बागवानी विकास अधिकृत राजेन्द्र कोइराला ।

काठमाडौं लगायतका मध्यपहाडी क्षेत्रमा समशीतोष्ण जलवायुमा उपयुक्त हुने फलफुलको विरुवा उत्पादन गर्न यो केन्द्रको प्रचार–प्रसार र क्षमता वृद्धि गर्न आवश्यक छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);