काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा ३१ जेठसम्मका लागि निषेधाज्ञा थप गरेको छ । बुधबार बसेको तीनै जिल्ला प्रशासन कार्यालय प्रमुखहरुले थप सेवा खुलाएको जानकारी गराउँदै ३१ जेठसम्मका लागि भने निषेधाज्ञा कायम राख्ने निर्णय गरेका हुन् ।
एक साताअघि खाद्यान्न पसलसमेत बन्द गर्न निर्णय भएको थियो । बिहीबारदेखि बिहान नौ बजेसम्म खाद्यान्न तथा तरकारी–मासु पसल खोल्न दिने निर्णय भएको छ। बिहान नौ बजेसम्म खाद्यान्न तथा डिपार्टमेन्ट स्टोर समेत खुल्ने भएका हुन् । साथै सवारीसाधान मर्मत गर्ने वर्कसपसमेत खोल्न पाउनेका छन् ।



