क्याटालोनिया टुक्राउने कि नटुक्राउने निर्णय गर्न आज जनमत संग्रह | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

एजेन्सी, १५ असोज । स्पेनबाट क्याटालोनियालाई टुक्राउने कि नटुक्राउने भन्ने निर्णय गर्न आज जनमत संग्रह हुँदै छ ।

नमत संग्रहको पूर्व सन्ध्यामा क्याटालोनियाका नागरिकले बार्सिलोनामा विशाल जुलुस समेत निकालेका छन् । तर स्पेन सरकारले भने जनमत संग्रह रोक्ने प्रयास गरिरहेको छ । जनमत संग्रहको विरोध गर्दै आएको सरकारले १३ सय मतदान केन्द्र सिल गरिदिएको बिबिसिले जनाएको छ ।

स्पेनको संवैधानिक अदालतले जनमत संग्रह संविधान विपरितको काम भएको बताएको छ । जनमत संग्रह अनलाइन मार्फत भोट गर्न बनाइएको मोबाइल एप्लिकेसन पनि गुगलले हटाइदिएको छ ।

मतदानका कागजातहरू मात्र एक प्रश्न हुनेछ, “के तपाईं क्याटालोनिया एक स्वतन्त्र राज्य भएको चाहनुहुन्छ ?” त्यहाँ दुई बक्सहरू हुने छन् । हो वा होइन ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);