सिंगापुरका नागरिक विरुद्ध अमेरिकाद्वारा मुद्दा दायर | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

सिंगापुरका नागरिक विरुद्ध अमेरिकाद्वारा मुद्दा दायर

एजेन्सी,१० साउन । चीनको गुप्तचरका रुपमा काम गरेका एकजना सिंगापुरका नागरिक विरुद्ध अमेरिकामा मुद्दा दायर गरिएको छ । अमेरिकामा रहेको आफ्नो राजनीतिक कन्सल्टेन्सीलाई चिनियाँ गुप्तचर निकायले सूचना संकलनका लागि प्रयोग गरेको स्वीकार गरेपछि सिंगापुरका नागरिक जुन वीइ यीओविरुद्ध अमेरिकाले मुद्दा दायर गरेको हो ।

जुन वीइ यीओले सन् २०१५ देखि १९ सम्म चीनको गुप्तचरको रुपमा अमेरिकामा काम गरेको स्विकारेको बताइएको छ यस्तै चिनियाँ सैनिकसँगको आफ्नो सम्बद्धता लुकाएकी एक अनुसन्धानकर्तालाई पनि पक्राउ गरिएको अमेरिकाले जनाएको छ ।

यो घटनाले अमेरिका र चीनबीच पछिल्लो समय बढेको थप चुलिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । केही दिन अघि अमेरिकाले टेक्सासको ह्यूस्टनस्थित चीनको वाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएपछि प्रत्युत्तरमा चीनले पनि चीनले दक्षिण–पश्चिमी सहर छेङ्दुमा स्थापित अमेरिकी वाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएको थियो ।

कोरोना भाइरसका संक्रमणका सम्बन्धमा अमेरिकाले बारम्बार चीनको आलोचना गरिरहेको छ । त्यसैगरि चीनले हङकङमा लागु गरेको नयाँ सुरक्षा कानुनको पनि अमेरिकाले विरोध गरिरहेको छ । साथै दक्षिण चीन सागरका चीनले सैन्य संरचना निर्माग गरिरहेको भन्दै अमेरिकाले विरोध गरेपछि दुइ मुलकबीच तनाव बढीरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);