हाँच्छ्यु गरेर कोरोना निको हुने भए लकडाउन किन गरियो ? : प्रकाश पन्थ (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

हाँच्छ्यु गरेर कोरोना निको हुने भए लकडाउन किन गरियो ? : प्रकाश पन्थ (भिडियोसहित)

prakash

काठमाडौं, ९ असार । नेपाली कांग्रेस राष्ट्रियसभा सदस्य प्रकाश पन्थले हाँच्छ्यु गरेर कोरोना निको हुने भए १० अर्ब खर्च किन गरियो भन्दै प्रश्न गर्नुभएको छ ।प्रधानमन्त्रीले बेला बेला भ्रामक सार्वजनिक अभिव्यक्ति दिने गरेको उल्लेख गर्दै उहाँले हाँच्छ्यु गर्दा कोरोना निको हुने भए किन लकडाउन गरियो भन्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारहरुले उहाँलाई भ्रममा पारेको समेत उहाँले बताउनुभयो । पुष्टि नै नभएका कुराहरु सल्लाहकारहरुले प्रधानमन्त्रीलाई सुनाएर संसदबाट समेत प्रधानमन्त्री ओलीले जनतालाई भ्रममा पारेको बताउनुभयो ।

पन्थले भन्नुभयो, ‘‘कसले झठा कुरा गरेर प्रधानमन्त्रीलाई भ्रममा पार्नुभयो ? पुष्टि नभएका खबरहरु कसले प्रधानमन्त्री ज्यूलाई सुनाउँछ ? हाच्छ्यु साच्छ्यु गरेर कोरोना जाने भए लकडाउन किन गरिएको हो ? १० अर्ब किन खर्च गरिएको हो ?’’

स्थानीय तहका जनप्रतिनिधिहरुले अहिले पनि संघ प्रदेश सरकारबाट कुनै सहयोग नपाएको गुनासो गरिरहेको उहाँले बताउनुभयो । लामो समयदेखि आरडिटी परीक्षण बन्द गर्न सरकारलाई आग्रह गर्दा पनि नमाउनेको भन्दै उहाँले आरडिटी परीक्षण तत्काल रोकेर पीसीआरको दायरा बढाउनुपर्ने बताउनुभयो ।

अत्यावश्यक स्वास्थ्य सामम्रीको तत्काल आपूर्ति गरी, स्थानीय तहमा बनेका क्वारेन्टाइनहरुलाई मापदण्ड अनुसार व्यवस्थापन गर्न आग्रह गर्नुभयो । सरकारले संविधानमा भएका कतिपय राजनीतिक सहमति विपरित विधेयकहरु ल्याउने गरेको भन्दै उहाँले राजनीतिक सहमतिहरु नतोड्न पनि आग्रह गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);