भारतले कब्जा गरेको भूमि नेपालकै हो, फिर्ता ल्याउनैपर्छ : नारायणकाजी श्रेष्ठ (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

भारतले कब्जा गरेको भूमि नेपालकै हो, फिर्ता ल्याउनैपर्छ : नारायणकाजी श्रेष्ठ (भिडियोसहित)

narayan kaji

काठमाडौं, ४ असार । राष्ट्रिय सभाको बिहीबारको बैठकमा संविधान संशोधन विधेयकमाथिको छलफलमा भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतका क्षेत्र कब्जा गरेको सम्बन्धमा शासकहरुमाथि प्रश्न उठनु स्वभाविक भएको तर ती विषयहरुलाई अहिले मुद्दाको रुपमा उठाएर राष्ट्रिय एकतालाई कमजोर बनाउने गतिविधि गर्न नहुने बताउनुभयो ।

श्रेष्ठले भन्नुभयो ‘निश्चित रुपमा हाम्रा इतिहासमा केही कमीकमजोरी भए । तर म फेरी जोड दिएर भन्न चाहन्छु सबै राजनीतिक पार्टीका मित्र, इतिहासविद्, वुद्धिजीवि, सांसदहरुलाई कि, अहिले यतिखेर हामीले हेर्नुपर्ने मुख्य मुद्दा भनेको यो भूमि भारतले कब्जा गरेको हो, यो भूमि नेपालको हो, यो भूमिलाई हामीले प्राप्त गरिछाड्नु पर्छ। त्यसअनुसार, अहिले चालिएको कदमहरु ठिक छन, यो कदमलाई अगाडि बढाएर आफ्नो भूमि प्राप्त गर्ने विन्दुसम्म जानुपर्छ भन्ने कुरामा हामी एक ढिक्को छ कि छैनौं अहिलेको मुख्य कुरा त्यो हो । त्यसकारणले यसमा अहिले हामी एक ढिक्को छौं । त्यसकारणले म विनम्रता पुर्वक अपिल गर्न चाहन्छु म सबैलाई कि यो मुद्दामा हिजो कहाँ कमिकमजोरी कस्को भयो भन्ने बारेमा वा राष्ट्रियताका अरु विषयमा पनि कहाँ कति कमिकमजोरी भयो भन्ने बारेमा सन्दर्भबस चर्चा गर्नु एउटा कुरा हो तर यसैलाई मुद्दा बनाएर अहिले यो मुल मुद्दाबाट ध्यान विकर्सित गर्ने काम र हामी आफैलाई आरोप प्रत्यारोप गर्ने काम तिर हामी अहिले लाग्नु हुँदैन् ।

श्रेष्ठ इतिहासमा विभिन्न कालखण्डहरुमा सीमा सम्बन्धी मुद्दामा वा राष्ट्रियताका विषयहरुमा भएका कमिकमजोरी भएको भए आत्मआलोचना गरे स्वागत योग्य हुने र अहिले चालिएको कदमको अवस्थामा ति मुद्दालाई पनि संसँगै आरोप प्रत्यारोपको रुपमा लैजान नहुने बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);