ला लिगामा भएका तीन वटै खेल बराबरीमा टुंगियो | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

ला लिगामा भएका तीन वटै खेल बराबरीमा टुंगियो

laliga

एजेन्सी, २ असार । स्पेनिस ला लिगा फुटबलमा गएराति भएका तीन वटै खेल बराबरीमा टुंगिएका छन् । रियल सोसिडाड र ओसासुनाबीच भएको खेल एक–एक गोलको बराबरीमा सकियो ।

ओसासुनाका लागि एड्रियन लोपेजले पेनाल्टीमार्फत् गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ६१ औं मिनेटमा माइकेल ओयरजाबालाले गोल गर्दै खेल बराबरी गरे । त्यसपछि दुवै टिमले गोल गर्न नसकेपछि अंक बाँड्न बाध्य भए ।

गएराति नै भएको अर्को खेलमा लेभान्टे र सेभिल्लाले पनि एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । सेभिल्लाका लुक डी जोङले ४६ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिएका थिए । ८७ औं मिनेटमा सेभिल्लाकै डिएगो कार्लोसको आत्मघाती गोल उपहार पाएपछि लेभान्टे हारबाट जोगियो ।

आज विहान सकिएको अर्को खेलमा रियल बेटिस र ग्रानाडाले २–२ गोलको बराबरी खेलेका छन्। ग्रानाडाका कार्लोस फर्नान्डेज र रोबर्टो सोलडाडो तथा रियलका लागि सर्जियो कानालेस र क्रिस्टियन टेलोले गोल गरेका थिए । प्रतियोगिता अन्तर्गत आज गेटाफे र स्पानेयल तथा भिल्लारियल र मालोर्काबीच प्रतिष्पर्धा हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);