टिचिङमा उपचाररत संक्रमितको मृत्युसंगै मृतकको संख्या ९ पुग्यो

काठमाडौं, २१ जेठ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । ७६ वर्षीय पुरुष अस्पतालको आइसियूमा उपचारका क्रममा मृत्यु भएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार दोलखा घर भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । ब्रेन हेमरेज स्ट्रोक भएका ती पुरुष सुरुमा उपचारका लागि काठमाडौं मेडिकल कलेजको शिक्षण अस्पतालमा भर्ना भएका थिए । १५ गते स्वाब परीक्षणका क्रममा कोरोना पोजिटिभ देखिएपछि थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।

यो सहित नेपालमा कोरोना संक्रमण देखिएका ९ जनाको मृत्यु भएको छ ।

Related Post
Share

This website uses cookies.