दाङ, १८ जेठ । दाङको बेलझुण्डीमा रहेको कोरोना विषेश अस्पतालको आइसोलसनमा रहेका बबई गाउँपालिका–६ का ३० बर्षीय पुरुषमा आइतवार चेकजाँच गर्दा डेँगु भेटिएको अस्पतालले जनाएको छ ।
ती व्यक्तिमा ज्वरो जाँच गर्दा डेँगु फेला परेको अस्पतालले जनाएको हो । ती व्यक्तिमा जेठ १६ गते कोरोना पुष्टि भएपछि अस्पतालमा सोही दिन लगिएको हो । १ हप्ता अगाडि भारतवाट आएका ती व्यक्ति बबई गाउँपालिकाको क्वारेन्टाइमा बसेका थिए ।
कोरोना संक्रमित ब्यक्तिलाई डेँगु फेला परेपछि सोही अनुसार उपचार थालिएको अस्पतालले जनाएको छ । यो जिल्लामा यो वर्ष फेला परेको डेँगुको पहिलो केस हो । त्यसैगरी अहिले अस्पातलमा ४२ जनाको उपचार भईरेहको छ ।