अमेरिकाका नागरिकले मागे बेरोजगारी भत्ता | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३० २०८१, आइतबार

अमेरिकाका नागरिकले मागे बेरोजगारी भत्ता

america flag

एजेन्सी, १६ जेठ । काेरोना १९ को महामारीका कारण विश्व नै यति बेला लकडाउनमा रहेको छ । कोरोना भाइरसको कारण लाखौं मानिसले आफनो रोजगारी गुमाइसकेका छ्न् । कोरोना भाइरसले तहसनहस बनाएको संयुक्त राज्य अमेरिकामा उद्योग व्यापार बन्द भएकाले दिन प्रतिदिन बेरोजगारी बढ्दै गएको छ ।

पछिल्लो पटक २१ लाख जना अमेरिकी नागरिकले बेरोजगारी भत्ताको दाबी गरेर फारम भरेका छन् । गत हप्तामा २१ लाख अमेरिकीले यो फाराम भरेको अमेरिकी अधिकारीहरुले जानकारी दिएका छन् ।

अघिल्लो हप्ता मे २३ अघिसम्मको तथ्यांकअनुसार २१ लाख नागरिकले आफूहरु बेरोजगार भएको भन्दै यो फाराम भरेका छन् । अहिलेसम्ममा ४ करोड १ लाख नागरिकले बेरोजगारी भत्ताको माग गरेका छन् ।

कोरोना भाइरसको संक्रमण फैलिदै गएकाले यहाँका ३० करोडभन्दा बढी मानिस घरमै बसेकाे एक तथ्यांकले देखाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);