काठमाडौं, ११ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक विषयमा छलफल गर्न आज पार्टी पदाधिकारी बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा केहीबेर पछि बस्ने बैठकमा सरकारले संघीय संसदमा दर्ता गरेको संविधान संसोधनको बिषयमा कांग्रेसले पार्टीको आधिकारीक धारणा सार्वजनिक गर्ने जनाइएको छ ।
सरकारले हालै जारी गरेको नेपालको नयाँ नक्साअनुसार नेपालको संविधानको अनुसूची–३ मा रहेको निशान छापभित्र अंकित नेपालको नक्सालाई नेपालको वास्तविक सीमाअनुरुप मिलाउनका लागि संसोधन विधेयक दर्ता गराएको हो । शनिबारमात्रै जनता समाजबादी पार्टीका नेताहरुले कांग्रेस सभापती शेर बहादुर देउवालाई भेटेर आफुले उठाईरहेका मुद्धाहरुलाई पनि संविधान संशोधन प्रस्तावमा समेटन आग्रह गरेका थिए ।
उक्त विषयमा पनि आजको पदाधिकारी बैठकमा छलफल हुने बताईएको छ । बैठकमा कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सरकारले हालसम्म गरेका कामको समीक्षा र पार्टीका तर्फबाट गर्न सकिने योगदानका बारेमा समेत छलफल हुने काँग्रेसले जनाएको छ ।