विश्वभर ४९ लाख ८२ हजार बढी कोरोना संक्रमित | ईमाउण्टेन समाचार

Our Network

फागुन १६ २०८१, शुक्रबार

विश्वभर ४९ लाख ८२ हजार बढी कोरोना संक्रमित

corona

एजेन्सी, ७ जेठ । विश्वभर ३ लाख २४ हजार ५३५ जनाको मृत्यु भएको छ ।

विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको महामारीले ४९ लाख ८२ हजार ८७५ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १९ लाख ५६ हजार ३६१ जना संक्रमण मुक्त भएका छन् । बितेको २४ घण्टामा ४ हजार ५७० जनाले ज्यान गुमाएका छन् भने ९४ हजार ७५१ जनामा संक्रमण पुष्टि भएको छ ।

२७ लाख १ हजार ९७९ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ४५ हजार ४४३ जनाको अवस्था गम्भीर छ । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६४ हजार ५७४ जनाको मृत्यु भएको छ । १८ लाख १५ हजार ४३८ जना संक्रमित भएकोमा ७ लाख ९३ हजार ७६४ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ५ हजार ९४२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १७ लाख ३६ हजार ९६ पुगेको छ । यस्तै एसियाली मुलुकहरुमा २५ हजार ४८१ जनाको मृत्यु भएको छ । ८ लाख ४१ हजार ६० जना संक्रमित भएका छन् । दक्षिण अमेरिकी मुलुकहरुमा २४ हजार ४७८ जनाको मृत्यु भएको छ । ४ लाख ८७ हजार ६५७ जना संक्रमित भएका छन् । अफ्रिकी मुलुकहरुमा २ हजार ९२४ जनाको ज्यान गएको छ भने ९३ हजार २२८ जना संक्रमित छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२१ जनाको मृत्यु भएको छ । ८ हजार ६७५ जना संक्रमित भएका छन् । कोरोना भाइरसको महामारीको सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । त्यहाँ ९३ हजार ५३३ जनाको मृत्यु भएको छ । १५ लाख ७० हजार ५८३ जना संक्रमित भएका छन् । यस्तै संक्रमितका आधारमा अमेरिकापछि रुसमा सबैभन्दा धेरैमा संक्रमण देखिएको छ । त्यहाँ २ लाख ९९ हजार ९४१ जना संक्रमित भएका छन् भने २ हजार ८३७ जनाको मृत्यु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);