लकडाउन गरेर सुत्ने होइन सरकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

लकडाउन गरेर सुत्ने होइन सरकार

काठमाडौं, ६ जेठ । सांसद राधेश्याम अधिकारीले सरकारले ल्याएको निति तथा कार्यक्रम अधुरो र अपूरो रहेको बताउनु भएको छ । कारोना महामारीले सारा विश्वको अर्थतन्त्रलाई चलायमान हुन नसकेको अवस्थामा नेपालको पनि सबै क्षेत्र तहसनहस बनेको छ ।

यो महामारीको बेला ल्याइएको निती तथा कार्यक्रमले तहसनहस बनाएको क्षेत्रहरुलाई खासै संबोधन नगरेको आरोप लगाउनु भयो। बढाे तयारीकाे साथ ल्याइएको दस्तावेज पनि अत्यन्तै लामो तर सार नभेटिने हुँदा प्रभावकारी नभएको बताउनु भएको हो ।

लकडाउन गरेर मात्र कोरोना महामारीलाई निर्मुल पार्न नसकिने भएकोले लकडाउनको बेला सुतेर होइन तयारी आवश्यक रहेको बताउनु भएको हो। अहिले नेपालमा कोरोना संक्मणको संख्या पनि बढिरहेको र मृत्यु पनि भइरहेकोले थप भेन्टिलेटरको व्यवस्था गर्न आवश्यक
रहेको बताउनुभएको छ ।

Uncategorized‐मा वर्गिकृत
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);