भूकम्पको वार्षिकी कै दिन अर्को शक्तिशाली भूकम्प | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

भूकम्पको वार्षिकी कै दिन अर्को शक्तिशाली भूकम्प

एजेन्सी, ४ असोज । मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ। मंगलबार गएको भूकम्पमा परी कम्तीमा १२० को मृत्यु भएको स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै सिन्हवाले सिजीटीएनले खबर दिएको छ। स्थानीय समय अनुसार मंगलबार दिउँसो १ः१४ बजे ७.१ म्याग्निच्यूडको भूकम्प गएको हो।

मेक्सिको सिटीबाट १२३ किलोमिटर दक्षिण पूर्वी इलाकामा ५१ किलो मिटर गहिराई केन्द्रविन्दु भएर भूकम्प गएको अमेरिकी भौगर्विक सर्वेक्षण संस्था यूएसजीएसले जनाएको छ। भग्नावशेषमा पुरिएकाहरुको उद्धार कार्य जारी रहेकाले मर्नेको संख्या बढ्न सक्ने स्थानीय अधिकारीले बताएको सिजीटिएनले खबर दिएको छ।

सन १९८५ मा गएको शक्तिशाली भूकम्पको वार्षिकीको सम्झना गर्दै भूकम्पीय सुरक्षा बारे अभ्यास कार्यक्रमहरु गर्दै गरेका बेलामा शक्तिशाली भूकम्प गएको हो। भूकम्पले मोरेलोस, प्युब्ला र मेक्सिको राज्यमा क्षति पुर्याएको बताइएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);