एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ३० वैशाख । नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयाे ।

मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ सय ९१ पुगेको हो । संक्रमित सबै पुरुष भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार संक्रमण पुष्टि भएकाहरुमध्ये पर्साका ३९, कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका एक जना रहेका छन् । सोमवार पनि एकै दिन २४ जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमित मध्ये हालसम्म ३३ जना निको भएर घर फर्किएका छन ।

मन्त्रालयका अनुसार हालसम्म पिसिआर र आरडीटि दुबै बिधिबाट गरी ७६ हजार ३ सय ५५ जनाको कोरोना भाइरसको नमूना परीक्षण गरिएको छ । देशभरी गरेर अहीले १२ हजार ७ सय १ जना क्वारेन्टाइनमा रहेका छन ।

Related Post
Share

This website uses cookies.