चीनभन्दा पहिला फ्रान्समा कोरोनाको संक्रमण पुष्टि हुनु कुनै नौलो कुरा भएन : डब्लुएचओ | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

चीनभन्दा पहिला फ्रान्समा कोरोनाको संक्रमण पुष्टि हुनु कुनै नौलो कुरा भएन : डब्लुएचओ

france

एजेन्सी, २४ वैशाख । विश्व स्वास्थ्य संगठन डब्लुएचओले फ्रान्समा यसअघि सोचिएको समयभन्दा अगावै कोरोना भाइरसको संक्रमण भेटिनु नौलो नभएको बताउँदै त्यसअघिका शंकास्पद केसहरूको अनुसन्धान गर्न आग्रह गरेको छ ।

फ्रान्समा यसअघि जनवरीमा पहिलोपटक कोरोनाको संक्रमण पुष्टि भएको बताउँदै आएकोमा मंगलबार एक महिना अगावै त्यहाँ संक्रमित भएको पुष्टि भएपछि डब्लुएचओले यस्तो आग्रह गरेको हो । चीनको वुहानबाट सुरु भएको सो भाइरसका बारेमा चीनले डब्लुएचओलाई पहिलो पटक गत वर्षको डिसेम्बर ३१ मा जानकारी गराएको थियो ।

भाइरस यसअघि युरोपमा नभएको ठानिदैं आइएको थियो । संगठनका प्रवक्ता क्रिश्चियन लिन्डमेयरले जेनेभामा भएको संयुक्त राज्यको ब्रीफिंगमा फ्रान्सेली रिपोर्टलाई औल्याउँदै यो खोजले सम्भावित भाइरस फैलावट राम्रोसँग बुझ्न मद्दत गर्ने समेत बताउनुभएको छ । थप पुराना नमूनाहरू परीक्षण गरेपछि अन्य संक्रमणका घटनाहरू पनि देखा पर्न सक्ने उहाँको भनाई थियो ।

फ्रान्समा निमोनिया बिरामीहरूको पुरानो नमूना परीक्षण गर्ने क्रम फ्रान्सेली अस्पतालले त्यहाँ कोरोना डिसेम्बर २७ मै देखिएको पुष्टि गरेको थियो । जब यस भन्दा अघि फ्रान्सले जनवरी २४ मा पहिलो पटक आफ्नो मुलुकमा तीन जनालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);