आमिर खानको सहयोग तरिका सामाजिक सञ्जालमा चर्चित, एक किलो आटामा पन्ध्र हजार भारु

एजेन्सी, २१ वैशाख ।  बलिउड अभिनेता आमिर खानले लकडाउनको बेलामा गरिव विपन्न परिवारलाई गरेको सहयोगको तरिका अहिले सामाजिक सञ्जालमा चर्चित छ ।

आमिर खानले मध्य रातमा मुम्बइको गरिव वस्तिमा एक ट्रक आटा लगेर सुचना दिए कि जसलाई अभाव छ उसले जम्मा एक किलो मात्र आटा पाउने छ ।

धेरैले जाबो एक किलो आटा लिनलाई को लाइनमा उभिन्छ भनेर लिन गएनन् । तर जसलाई एकदमै खाँचो थियो उनिहरु गएर एक एक किलो आटाको पोको लिएर आए । घरमा गएर आटाको पोको खोल्दा हरेक पोकोमा पिठोभित्र पन्ध्र हजार भारु राखिएको थियो ।

पहिले नै यति पैसा बाँडिदैछ भनेर सुचना दिएको भए सबै जना लाइन बस्थे होला । बाहिरबाट आफ़न्तहरु बोलाएर पनि थाप्थे होला ।

आमिर खानले बलिउडका अन्य स्टारले भन्दा फरक तरिकाले सामाजिक सेवा गर्ने गर्छन् । त्यसैले पनि आमिरले फरक तरिका अपनाएर सहयोग गरेको भन्दै फ्यानले धन्यवाद समेत व्यक्त गरेका छन् ।

Related Post
Share

This website uses cookies.