सनसिटी घटनापछि स्थानीय तह थप सक्रिय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सनसिटी घटनापछि स्थानीय तह थप सक्रिय

suncity

काठमाडाैं, ५ वैशाख । उपत्यकाका स्थानीय तह कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण फैलन नदिन थप सजग हुँदै क्रियाशील हुन थालेका छन् ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ स्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई व्यक्तिमा तीन दिनअघि कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन झन् प्रभावकारी बनाई थप सजग भएका हुन् ।

कतिपय स्थानीय तहले अपरिचित व्यक्तिलाई पालिकाभित्र प्रवेश निषेध गरिएको छ भने कतिपयले बिहानको हिँड्डुल (मर्निङवाक) गर्न पूर्णतया रोक लगाएका छन् ।

त्यस्तै कतै दुई महिनादेखि विदेशबाट नगरपालिकाभित्र आएका व्यक्तिको खोजी गरी सबैको स्वास्थ्य परीक्षण गरी ¥यापिड डाइग्नोस्टिक टेस्ट गर्ने कार्य तीव्र बनाएका छन् ।

कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन पालिका स्तरका योजना थप प्रभावकारी बनाउन लागिएको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);