कोरोना संक्रमण नियन्त्रणका लागि महोत्तरीका स्थानीयतह उदासिन | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

कोरोना संक्रमण नियन्त्रणका लागि महोत्तरीका स्थानीयतह उदासिन

Mahottari

महोत्तरी, २२ चैत । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि प्रत्येक पालिकामा क्वारेन्टाइन स्थापना गर्नुपर्ने सरकारको निर्देशन रहेको छ । सरकारको निर्देशनका बाबजुद पनि महोत्तरीका बिभिन्न स्थानीयतहले अहिलेसम्म यस प्रति उदासिन देखिएका छन । कतिले क्वारेन्टाइन निर्माण नै गरेका छैनन् त कति पालिकाले नाम मात्रको क्वारेन्टाइन निर्माण गरेका छन् ।

अहिले नेपाल कोरोना नियन्त्रणका लागि मुख्यरुपमा अपनाइएको सावधानी सामाजिक दुरी र अन्य मुलुकबाट फर्केकाहरुलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा राख्ने हो । यसका लागि सरकारलले हरेका पालिकाहरुलाई क्वारेन्टाइन निर्माण गर्न भनेको छ । तर महोत्तरीका १५ स्थानीय तहमध्ये अहिले सम्म ११ वटा स्थानिय तहले मात्र क्वारेन्टाइनको स्थापना गरेका छन् । यस्तो बिपद्को बेलामा समेत स्थानीयतहहरुको उदासिनताका कारण जिल्लामा जोखिम बढ्दै गएको स्थानीयहरुको भनाई छ ।

यता, भारत लगायत तेस्रो मुलुकबाट आएकाहरुलाई समेत स्थापित क्वारेन्टाइनमा नराखी सामान्य स्वास्थ्य जाँच पश्चात नै होम क्वारेन्टाइन बस्न लगाउँदा जोखिम झन् बढेको स्वास्थ्यकर्मीहरु बताउछन् ।

महोत्तरीमा हालसम्म बिभिन्न देशबाट आएका करिब ७ सय ५० जनालाई होम क्वारेन्टाइनमा र ३७ जनालाई स्थानीय तहद्धारा सञ्चालित क्वारेन्टाइनमा राखएिको छ । तर स्थानीय तहद्धारा सञ्चालित अधिकांस क्वारेन्टाइनका बेडहरु खाली खाली छन् । यता प्रदेश सरकारले भने कोरोनाबाट बच्नका लागि सबै सतर्कता अपनाएर काम गरीरहेको दाबी गर्दै आईरहेका छ ।

यता कोरोना भाईरस बाट बच्न ससस्त्र प्रहरीबल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी बर्दिबासले सुबिधा सम्पन्न ४० बेडको क्वारेन्टाइन सथापना गरेको छ । त्यसैगरी जिल्लाका ४ वटा स्थानीय तहहरुले क्वारेन्टाइन स्थापना गर्न बिभिन्न आवश्यक गृहकार्य गरीरहेको बताइरहेपनि स्थानीयलाई भने आश्वस्त पार्न सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);