बाराका समाजसेवीद्वारा विपन्न र मजदुरलाई खाद्यान्न वितरण | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बाराका समाजसेवीद्वारा विपन्न र मजदुरलाई खाद्यान्न वितरण

बारा, २१ चैत । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ का केही समाजसेवीहरुले सो स्थानका अति विपन्न र दैनिक ज्यालदारी गरी खानेहरुलाई राहत स्वरुप खाद्यान्न उपलव्ध गराएका छन् ।

जीतपुरसिुमरा उपमहानगरपालिका–७ का लालबाबु प्रसाद साह कलवार , चन्देश्वर प्रसाद साह कलवार , नन्दकिशोर प्रसाद साह , शम्भु राम लगायतका समाजसेवीहरुले विपन्न वर्गहरुलाई चामल, दाल, तेल, नुन लगायतका खाद्यान्न वितरण गरेको हो ।

कोरोना भाईरसको जोखिमलाई मध्य नजर गरी समाजसेवीहरुले सुरक्षित सतर्कता अपनाउँदै पालैपिच्छे गोलो घेरामा पिड्तिहरुलाई राखेर ६१ घरधुरीलाई खाद्यान्न वितरण गरेका हुन् ।

लकडाउनको बेलामा विपन्न बर्गलाई समस्या परेको हुदाँ केही हद सम्म राहत दिलाउँने उद्देश्यले उनीहरुलाई प्रति घरधुरी ५ किलो चामल , ५ सय ग्राम मुसुरोको दाल, तेल, नुन बितरण गरिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);