कन्टेनरमा लुकेर वीरगञ्ज आएका ५२ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

कन्टेनरमा लुकेर वीरगञ्ज आएका ५२ जना पक्राउ

container lukera pakrau

राजेन्द्र सिंह
वीरगञ्ज,१२ चैत्र । सामान बोक्ने कन्टेनर भित्र लुकेर काठमाडौंबाट वीरगञ्ज आईपुगेका ५२ जना यात्रुलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ । मंगलबार मध्यरातिमा वीरगञ्जको घण्टाघरबाट प्रहरीले नियन्त्रणमा लिएको जनाएको हो ।

काठमाडौंमा सामान छाडेर वीरगञ्ज फर्किँदै गरेको ना ५ ख ९५५२ नम्बरको कन्टेनरमा मानिसहरु चढेका थिए । उनीहरुले कन्टेनर चालकलाई २ सयको दरले भाडा दिएको बताएका छन् । उनीहरु लकडाउन उल्लंघन गर्दै काठमाडौंबाट चितवनको भरतपुर, हेटौंडा हुँदै वीरगञ्ज आइपुगेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);