कोरोना रोकथाम कोषलाई कांग्रेसले ५० लाख दिने | ईमाउण्टेन समाचार

Our Network

फागुन १६ २०८१, शुक्रबार

कोरोना रोकथाम कोषलाई कांग्रेसले ५० लाख दिने

money

काठमाडौं, ११ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लकडाउनको अवधि लम्बिन सक्ने भन्दै विपन्न, विद्यार्थी र बेरोजगारका लागि विशेष राहत प्याकेज ल्याउन सरकारलाई आग्रह गरेको छ ।

कांग्रेसले क्वारेन्टाइन र आइसोलेसनमा लापरबाहीको स्थिति बन्न नदिन पनि सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलवार बिज्ञप्ति जारी गर्दै सरकारलाई १२ बुँदे सुझाव समेत दिनुभएको छ ।

विज्ञप्तिमा सरकारले चुनौतीपूर्ण आर्थिक जीवन भोगिरहेको वर्गका लागि यथाशीघ्र विशेष राहतको प्याकेज निर्माण गरेर कार्यान्वयनको प्रक्रिया सुनिश्चित गर्न तत्काल ध्यान पुरयाउनुपर्ने उल्लेख छ ।

बेरोजगार र विद्यार्थीका लागि विशेष राहत योजना ल्याउन पनि कांग्रेसले माग गरेको छ । शर्माले जारी गरेको १२ बुँदे सुझावमा जिल्लाहरुबाट परीक्षणका लागि नमूना केन्द्रमै पठाउनुपर्ने अवस्था अन्त्य गर्न र कम्तीमा ७ प्रदेशको ७ ठाउँमा वैकल्पिक प्रयोगशाला प्रवन्ध गरेर परीक्षण सहज बनाउन, व्यवसायीको बैंकिङ ब्याज घटाउन र किस्ता तिर्ने समयावधि लम्ब्याउन माग गरिएको छ । कांग्रेसले सरकारले कोरोना जोखिमको रोकथामका लागि निर्माण गरेको कोषमा पार्टीका तर्फबाट ५० लाख रुपैयाँ दिने पनि जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);