कञ्चनपुर, ८ चैत । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले शनिबार कञ्चनपुरको गड्डाचौकी नाका र महेन्द्रनगरस्थित क्वारेन्टाइनस्थलको अवलोकन गर्नु भएको छ ।
शनिबार कञ्चनपुर पुग्नु भएका मुख्यमन्त्री भट्टले भारतबाट हजारौँको संख्यामा भित्रिएका नेपालीहरू र त्यहाँ राखिएका हेल्थ डेक्सको अवस्थाका बारेमा जानकारी लिनुभयो ।
नेपालको पश्चिमी सीमा नाका गड्डाचौकीको अनुगमन गर्दै मुख्यमन्त्री भट्टले कोरोना भाइरसको संक्रमण भित्रिन नदिन सीमा नाकामा गर्नुपर्ने स्वास्थ्य प्रवर्द्धनमा प्रदेश सरकार पछाडी नहट्ने बताउनु भयो ।
भारतमा कोरोन भाईरसको संक्रमण बढ्न थालेपछि त्यहाँ कार्यरत नेपालीहरु धमाधम सुदूरपश्चिमको गड्डाचौकी नाकाबाट फर्किन थालेका छन् । शनिबार हजारांै नेपाली तथा केहि भारतीय गड्डा चौकी नाकाबाट नेपाल भित्रिएका थिए ।