रंगशाला र खेल स्थल बन्द गर्ने सरकारको निर्णय | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

रंगशाला र खेल स्थल बन्द गर्ने सरकारको निर्णय

dasarath rangasala

काठमाडौं, ६ चैत । सरकारले बैशाख तेस्रो सातासम्मको लागि रंगशाला र खेल स्थल बन्द गर्ने निर्णय गरेको छ ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले आगामी बैशाख १८ गते सम्मलाई बन्द गर्ने निर्णय गरेको हो ।

नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् राखेपले मंगलबार मात्रै विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको जोखिमबाट बच्न एक साताका लागि सम्पूर्ण खेल गतिविधि बन्द गर्न निर्देशन दिएको थियो । राखेपको निर्णयसँगै अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरिरहेको बी डिभिजन लिग समेत स्थगित भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);